अत्तरिया : कैलालीको धनगढीमा एक कारले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–५ मा सहिदगेट–क्याम्पस चोक सडकमा बिहीबार से १ च २०६९ नम्बरको स्कारले सुप्रप ०११–००९–प–९६७२ नम्बरको मोटरसाइकल र एउटा साइकललाई ठक्कर दिएको वडा प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ ।
घाइतेहरुलाई तत्काल निसर्ग अस्पताल पुगाएको छ । घटनास्थलमा रहेका वडा प्रहरी कार्यालय, धनगढीका इन्चार्ज, प्रहरी निरीक्षक उपेन्द्र बमले घाइतेहरुलाई तत्काल उपचारका लागि अस्पताल पुगाएको छ ।
उक्त कार २९ वर्षीय रमेश डगौरा चलाइरहेका थिए भने मोटरसाइकल ३२ वर्षीय खेमबहादुर राईले चलाइरहेका थिए । यस्तै साइडमा गइरहेका साईकल यात्री ५४ वर्षीेय पदमराज पनेरुलाई पनि कारले ठक्कर दिएको प्रहरीले बताएको छ ।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालकको खुट्टामा चोट लागेको छ । यस्तै मोटरसाइकलमा पछाडी सवार चालककी श्रीमती पुष्पा राईको टाउको र हातखुट्टामा चोट लागेको छ । त्यस्तै उनीहरुकी ११ वर्षकी छोरी रेविका राईलाई पनि चोट लागेको छ ।