अत्तरिया : नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभा सदस्यका लागि गरेको मनोनयन खारेज भएको छ । उनको उम्मेदवारी खारेजीसँगै उनको क्षेत्रमा उनका समर्थकले नाराबाजी गरे।
प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । यसैबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीको उम्मेदवारी खारेजी हुनुलाई अन्यायको संज्ञा दिएकी छिन् । उनले सामाजिक सन्जाल फेसबुकमा एक शब्द मात्र लेखेकी छिन्, अन्याय । रन्जिता चौधरी पत्नी हुन् । २०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी पाइएका चौधरी अहिले कैद सजायँ भुक्तान गरिरहेका छन् । डिल्लीबजार कारागारमा रहँदा नै उनले श्रीमती रन्जिताको नाममा नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए ।