कैलालीमा दश हजार नयाँ मतदाता थप

अत्तरिया : वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि कैलाली जिल्लामा दश हजार तीन सय ८९ नयाँ मतदाता थपिएका छन । नयाँ थपिएकासमेत जिल्लामा जम्मा मतदाता सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय १४ पुगेका छन । यीमध्ये दुई लाख ६१ हजार पुरुष र दुई लाख ७३ हजार आठ सय ८३ महिला मतदाता छन । अन्य मतदाता ११ जना छन ।

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ मा एक लाख छ हजार सात सय तीन , क्षेत्र नं २ मा एक लाख चार हजार नौ सय छ, क्षेत्र नं ३ मा एक लाख सात हजार छ सय ५९, क्षेत्र न ४ मा एक लाख दश हजार चार सय ५३ र क्षेत्र नं ५ मा एक लाख पाँच हजार सात सय ९३ मतदाता छन ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ को (क) मा ५१ हजार सात सय २९ र (ख) मा ५४ हजार नौ सय ७३ मतदाता छन् । यस्तै निर्वाचन क्षेत्र २ को (क) मा ५० हजार नौ सय छ,(ख) मा ५३ हजार नौ सय ९८, निर्वाचन क्षेत्र नं ३ को (क) मा ५३ हजार दुई सय ८५ (ख) मा ५४ हजार सात सय ३०, निर्वाचन क्षेत्र ४ को (क) मा ५३ हजार छ सय ५४ (ख) मा ५६ हजार सात सय ९८ र निर्वाचन क्षेत्र ५ को (क) मा ५२ हजार ४६ र (ख) मा ५३ हजार सात सय ४४ मतदाता छन ।

जिल्लाभरी दुईसय ३७ मतदानस्थलमा छ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लाका पाँच निर्वाचन क्षेत्रबाट ४८ उम्मेदवार र दश प्रदेश सभाको निर्वाचनका लागि ७८ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.