अत्तरिया, २८ असोज : नेकपा एमालेका सचिव तथा सुदूरश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीमबहादुर रावलले पार्टीको धज्जी उडाएको आरोप लगाएका छन् । शुक्रबार कैलाली क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रमको सम्बोधनमा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘हाम्रो भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाउनुभयो । नेतृत्वको धज्जी उडाउनुभयो । र, म कुनै नेतालाई जिताउन चुनाव प्रचारमा जान्छु । मन नपरेकालाई हराउने हो भन्ने आशय व्यक्त गर्नुभयो । पार्टी भित्रै यो खालका प्रवृत्तिहरु हुँदाखेरी नेतृत्वले काम गर्न सकेन ।’
पार्टीभित्र अन्तरघात नभए नेतृत्वले सक्रिय रुपमा काम गर्न सक्ने उनको दाबी छ । एमाले नेता भीम रावलले बिहीबार ाठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
यस्तै भट्टले सत्ता गठबन्धनले देशलाई टाट पल्टाउन थालेको समेत आरोप लगाए । उनले नेकपा हुँदाको ३ बर्षे कार्यकालमा भएका विकास निर्माणका काम र गठबन्धन सरकार बनेपछि भएका विकास निर्माणका कामको तुलना समेत गर्न नसकिने बताए । उनले सरकार अहिले जनताको हितमा भन्दा पनि भ्रष्टाचार र कालोवजारी बढाएर श्रीलङ्का बनाउन खोजिरहेको आरोप लगाए ।
आफू सरकारमा बसेका बेला सुदूरपश्चिममा विभिन्न ठुला योजना सुरु गरेको बताउदै उनले सुरु भएका योजना सम्पन्न भएमा सुदूरपश्चिमको मात्रै नभएर दशै अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले गठबन्धन सरकारले सुदूरपश्चिममा योजना हाल्नुको सट्टा हालेका योजनाको बजेट समेत काटेको आरोप लगाए । यस्तै कार्यक्रममा क्षेत्र नम्वर ४ प्रदेश (क) का उमेदवार भिमबहादुर देउवाले राष्ट्रियता र विकासमा गति निर्माण गर्न नेकपा एमाले जिताउन आवस्यक रहेको बताए । उनले गठबन्धन सरकार काम गर्न छोडेर अरुको आलोचना गरिरहेको र कार्यकर्ता पालन पोषण हुने ठाउमा मात्रै याजनापा पार्ने गरेको बताए । गठबन्धन सरकार फलाम र काठको मिश्रण भएको बताउदै उनले फाइदा हुदा जोडिने र अरु बेला फाटो हुने बताए । उनले जनतालाई महङ्गि नियन्त्रण गरेर राहत गराउनु पर्ने ठाउमा गठबन्धन सरकार कमिसन र कालोवजारिमा लागेको उनले आरोप लगाए ।
सम्बन्धित पाेस्टहरु