अत्तरिया, ३० असोज : नेपाल तरुण दल गोदावरी नगरसमितीले दिपावली छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । तरुण दलका सभापती शंकर खडका को सभापतित्वमा भएको कार्यक्रममा बाम गठबन्धनको तर्फ बाट कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभाका उम्मेदवार वीर बहादुर बलाएर, प्रदेश ‘ख’ का उम्मेदवार प्रकाश बम, समानुपातिक उम्मेदवार तुलसी देबकोटा लगाएतको उपस्थिती रहेको थियो ।
शुभकामना सँगै बामगठबन्धनका उम्मेदवारहरु को प्रचार प्रसार कार्यक्रम समेत गरिएको तरुण दल गोदावरी नगरसमितीले जनाएको छ । कार्यक्रममा गठबन्धन भित्रका दलहरुका नेताहरुको पनि सहभागिता रहेको थियो ।