लेखराजको प्रश्नः गोदावरी राजधानी बनाउन गठबन्धन सरकारलाई कसले रोक्यो

अत्तरिया : नेकपा (एमाले) कैलाली–४ का प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टले गोदावरीमा प्रदेशको राजधानी बनाउँदा लेखराजको राजधानी हो भन्ने मुख्यमन्त्री अहिले हेरेर बस्या का छन भनेर प्रश्न गरेका छन् । एमाले कैलाली–४ मा निर्वाचन परिचालन समितिको सचिबालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

ु‘सबै भुगोल क्षेत्रको लागी पायक पर्ने ठाउँ भएर गोदावरीलाई राजधानी बनाएका हौं तर त्यो बेला लेखराजको राजधानी भन्ने मुख्यमन्त्रीलाई काम गर्न कसले रोकेको छ, अहिले त उँहाहरु कै गठबन्धनको सरकार छ त । यो राजधानी कुनै लेखराजको निम्ती, अत्तरियाको निम्ती होइन् । यो सुदूरपश्चिमको उपयुक्त भूगोलको आधारमा तोकिएको हो ,’ भट्टले भने ।

भट्टले राजधानी हिजो डोटी लैजाने भन्नेहरुले अहिले ६ महिनामा म बनाउन्छु भन्दै हिनेका छन् यो विश्वास गर्ने कुरा हो भनेर प्रश्न गरे ? ‘आज हाम्रो प्रतिप्रक्षि उम्मेदवारले राजधानी डोटी लग्ने भनेको कुरा सबैले बुझेका छन, देखेका छन, सुनेका छन’ उनले भने ‘उहाँ त अहिलेको प्रविधिमा देखिनु भएको छ । पहिलेको जस्तो मेरो स्वर होइन भन्न मिलेन् । अहिले भिडियोमा मान्छेको अनुहार सहित आवाज आएको छ ।’

ुएमाले सरकारको पालामा नै गेटालाई विश्वबिधालय बनाएर उदघाटन गर्ने कुरो थियो । हाम्रो सरकार पार्टी भित्रको आन्तरिक कारणले ढल्यो त्यसपछि गेटा विश्वबिधालयको काम गठबन्धनको सरकारले अगाडी बढाउन दिएन, बरु डडेल्धुरामा मेडिकल कलेज खोल्ने कुरा गर्‍यो, उनले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.