नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा स्वर्ण जितेका जलेन्द्र

अत्तरिया : पोखरामा जारा नबौँ वृहत राष्ट्रिय खेलकुद अन्र्तगत फेन्सिङमा सुदूरपश्चिमबाट स्वर्ण पदक विजेता खेलाडी हुन ४१ बर्षीय खेलाडी जलेज्द्र शाही । कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष समेत हरेका उनले फेन्सिङको बारेमा प्रशिक्षण समेत दिन्छन् । शुक्रबार पोखारामा भएको खेलमा पूर्व क्लव त्रिभुवन आर्मीलाई हराउँदै पदक जितेका हुन् ।
उनले व्यक्तिगत फोइलमा स्वर्ण पदक जितेका थिए । नवौं राष्ट्रिय खेलुकदका लागि तीन महिना अघि मात्रै खेलाडीबाट टिम बनाएका थिए । केन्द्रमै पर्याप्त खेल सामग्री नहुँदा सुदूरपश्चिमका खेलाडीले पाउने कुरा कल्पनाबाहिरको विषय थियो । तर, शाहीका चेलाचेलीहरुले फेन्सिङ खेलको नाम सुनेको तीन महिनामा अत्यावश्यक हतियारविना अभ्यास गरेर पनि राष्ट्रिय खेलकुदमा पदक जिते । यसकारण उनी बढि खुसी यो उपलब्धिमा भएका हुन् । उनले विभागिय टिम भन्दा वाहिरबाट सुदूरपश्चिममा पहिलो पटक स्वर्ण पदक जितेका हुन् ।
‘म सुदुरपश्चिमको प्रतिनिधित्व गर्छु भन्दा गर्व लाग्छ । अझ आफ्नो प्रदेशका लागि राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्नु त एउटा खेलाडीको सपना हुन्छ । त्यो सपना पूरा पनि भएको छ,’ शाहीले भने । सात वर्ष फेन्सिङमा बिताउने क्रममा यसअघि त्रिभुवन आर्मी क्लबबाट विभिन्न राष्ट्रिय स्तरका प्रतियोगितामा स्वर्ण पदक जितिसकेका गत बैशाखमा सेनाको जागिरबाट अवकास भएका थिए ।
देशकै लागि नौलो खेल फेन्सिङबारे सुदूरपश्चिममा कुनै जानकारी थिएन । नामै नसुनेको खेलका खेलाडी हुने सम्भावना थिएन । खेल्ने ठाउँ र खेल सामग्री पनि थिएनन् । उनले लठ्ठीको सहयोगमा सामान्य कपडाहरुको पोशाक बनाएर सिकाएँ । सुदूरपश्चिममा फेन्सिङको प्रशिक्ष सुरु गर्दा उनको अठोट थियो, ‘आफ्नो अनुभव त्यहाँका युवामा साट्न पाए राष्ट्रिय स्तरमा सधै कमजोर उपस्थिती जनाउँदै आएको सुदूरपश्चिमले पनि राष्ट्रिय खेलकुदमा दरिलो उपस्थिति जनाउने छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.