अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार ७४ को निर्वाचनमा संगै चुनावी प्रचारमा रहेका मोहनदेव मिश्र यतिवेला उनकै प्रतिस्पर्धी छन् । उनले अहिले जनता प्रगतिशिल पार्टीको सहकार्यमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका छन् । उनी नेकपा संयुत्तको पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन् ।
चुनावी प्रचारमा व्यस्त रहेका उम्मेदवारहरुले अहिले आफ्नो पक्षमा मत पार्न कस्सीएका छन् । कैलाली–४ मा विशेष गरी ठूला राजनीतिक दलका उम्मेदवारहरु दैनिक जसो कार्यक्रम गरीरहेका छन् । मिश्र ७४ मा दैनिक जसो लेखराजलाई नै भोट मागिरहेका थिए । ‘७४ निर्वाचनमा लेखराज भट्ट जी संगै मत मागिरहेका थिए’, मिश्रले भने । ‘ठूला दलहरुले मुद्धाहरु विर्सिदै गए । जनतलाई ठग्ने काम गरे । त्यसले गर्दा अहिले आफै चुनावी मैदानमा छु ।’ तत्कालिन अवस्थामा कम्युनिष्टसंग गठबन्धन भएको हुँदा लेखराज जीलाई तत्कालिन अवस्थामा भोट मागेका थिए । ‘तत्कालिन अवस्थामा लेखराजी जसरी पनि निर्वाचित हुनुपर्छ भन्ने अभियानमा थियो’, उनले अगाडि भने । ‘तर, उहाँले जनताप्रति संवेदनशिल नभएको हुँदा उम्मेदवारी दिएको हुँ ।’ लेखराज भट्ट जी माथि जनताले धेरै विश्वास गरे पनि काम गर्न नसकेको उनको आरोप रहेको छ । ‘महिनौ दिनसम्म तत्कालिन अवस्थामा संगै चुनावी मैदानमा रह्यौँ । उहाँले जित्यो पनि तर, जनताको पक्षमा काम गर्न सक्नुभएन । त्यसले गर्दा अहिले उहाँलाई सर्मथन गर्न सकीएन ।’
उनले नेपाली काँग्रेसका नेता विरबहादुर वलायरले पनि डोटी छोडेर कैलाली निर्वाचन लड्नु जनताका लागि घात गरेको बताए । लामो समय देखि डोटीमा राजनीति गरेर अहिले आएर कैलाली झर्नु भनेको बलायरले जीले कमजोरी गर्नु भएको उनको भनाई रहेको छ ।
उनले आफ्नो चुनावी एजेण्डामा वातावरण मत्री आधुनिक कृषि केन्द्रित, पर्यटन केन्द्रित पूर्वाधार विकास, गोदावरीमा प्रादेशिक राजधानी, स्थानीय स्रोत साधनमा स्थानीयको अग्रअधिकार, विशेष आर्थिक क्षेत्रमा पहल गर्ने रहेका छन् । यस्तै उनले पूर्ण निशुल्क स्थानीय स्वास्थ्य र पूर्वाधार विकास र मेडिकल कले स्थापनामा पहल गर्ने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका हुन् ।
कैलाली–४ बाट मिश्र सहित १० जनाको प्रतिनिधि सभामा उम्मेदवारी रहेको छ । यहाँ नेपाली काँग्रेसबाट विरबहादुर बलायर, नेकपा एमालेबाट लेखराज भट्ट, राष्ट्रिय प्रजात्त्र पार्टीबाट जयबहादुर धामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोविन्द प्रसाद भट्ट, नागरिक उन्मुक्ति पार्टीबाट कइयाँ चौधरी लगायत रहेका छन् । यहाँ मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका दल र नेकपा एमाले बीच हुने धेरैको आकलन रहेका छ ।
यस्तै, कैलालीे निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा क मा ९ जना चुनावी मैदानमा छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्र प्रसाद देवकोटा, मौलिक जरोकिलोबाट सावित्री गिरी, एमालेबाट भीमबहादुर देउवा, राप्रपाबाट तिलकबहादुर महत, समाजवादीबाट दीर्घबहादुर सोडारी र लोकतान्त्रीक पार्टीबाट मणीराम चौधरी निर्वाचनमा होमिएका छन् ।
यस्तै प्रदेश सभा (ख) मा ५ जना मैदानमा छन् । राजनीतिक दलबाट चार जना र १ जना स्वतन्त्र चुनावी मैदानमा होमिएका हुन् । प्रदेश सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका कमलराज भट्ट, एमालेबाट हरिसिँह साउँद, राप्रपाबाट प्रकाशदत्त भट्ट र काँग्रेसबाट प्रकाशबहादुर बम चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवार भगवती पाठक पनि चुनावी मैदानमा छन् ।
सम्बन्धित पाेस्टहरु