धनगढी, १ कार्तिक : काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार डिल्लीराज पन्तले विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् । मंगलबार नेपाली काँग्रेसको धनगढी–४ को चुनावी सभालाई सम्बोधन गदैँ उनले केन्द्रबाट बजेट ल्याउन गठबन्धनका उम्मेदबार सबैलाई जिताउन आवश्यक रहेको बताए । केन्द्रबाट वडा सम्म बजेट ल्याउन प्रदेश र संघीय उम्मेदबार खुड्कीला भएकोले यसपालि गठबन्नका उम्मेवारलाई जिताए मात्रै विकास सम्भव भएको उनको दावी रहेको छ ।
जनताले बामगठबन्धनलाई दुई तिहाईको मत दिँदा अवमुल्यन गरेको उनको भनाई छ । ओली सरकारले जनताको मतलाई कदर गर्न नसक्दा काँग्रेसले मात्रै जनताको पक्षमा काम गर्ने पन्तको दाबी छ । कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ को ‘ख’ का उम्मेदबार प्रकाशबहादुर देउवाले गठबन्धनको प्रदेश देखि केन्द्र सरकार बन्ने भएकोले आफु जितेमा सबै विकासका योजना ल्याउन सहज हुने बताएका छन् । तल्लो तहमा विकासका लागि काँग्रेस सहित गठबन्धनका उम्मेदवारहरुलाई जिताउने आवश्यक रहेको उनको भनाई छ ।
सम्बन्धित पाेस्टहरु