
बैतडी : स्वास्थ्य सूचकांकमा स्वास्थ्य कार्यालय बैतडी प्रदेशभरीमा दोश्रो भएको छ । स्वास्थ्य निर्देशनालयले गरेको मूल्यांकनमा स्वास्थ्य कार्यालय बैतडी दोश्रो भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
स्वास्थ्य कार्यालयहरु मार्फत सञ्चालन गरिएका कार्यक्रमको आधारमा कार्यालय ९ जिल्ला मध्ये दोश्रो नम्बरमा पर्न सफल भएको छ । स्वास्थ्य कार्यालय कैलाली प्रथम भएको छ । स्वास्थ्य कार्यालयले सञ्चालन गरेका बाल स्वास्थ्य कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, खोप कार्यक्रम, कार्यालयको बेरुजु लगायतका सूचकका आधारमा मूल्यांकन गरिएको हो ।
स्वास्थ्य कार्यालय प्रदेशभरी दोश्रो भएकाले काम गर्ने हौसला अझै बढेको स्वास्थ्य प्रमुख भट्टले बताए । उत्कृष्ट भएका स्वास्थ्य कार्यालयहरुलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले बार्षिक समीक्षा कार्यक्रमका अवसरमा सम्मानित समेत गरेको छ ।
