बझाङ जिप दुर्घटना : तलकोट गाउँपालिकाले घाइतेको उचारका लागि २ लाख रुपैयाँ दिने

अत्तरिया : बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने बताए।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.