कैलाली क्षेत्र नम्बर ४ : उम्मेदवार बीच आरोप–प्रत्यारोप

अत्तरिया : कैलाली–४ निर्वाचन क्षेत्रमा उम्मेदवार बीच आरोप–प्रत्यारोप उत्रिएका छन् । क्षेत्र नम्बर ४ मा कसले विकास गर्यो भन्ने विसयमा गठबन्धनका उम्मेदवार विरबहादुर वलायर र नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट बीच आरोप प्रत्यारोपमा उत्रिएका हुन् । दुवै नेता आ–आफ्नो पार्टीका सुदूरपश्चिमको नेतृत्व गरीरहेका छन् । दुई नेता बीच सुदूरपश्चिम प्रदेशको राजधानीका विषयमा भने फरक–फरक धारणा सार्वजनिक भईरहेका छन् । क्षेत्र नम्बर ४ मा कसले बढी विकास गर्यो भन्ने विषयमा विभिन्न चुनावी भेलामा धारणा राखिरहेका छन्
निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गरौँ : वलायर
कैलाली–४ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार वीरबहादुर बलायरले चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नु प्रतिस्पर्धीसंग आग्रह गरेका छन् । बुधबार चुनावी भेलालाई सम्बोधन गर्दै उनले गस्तो आग्रह गरेका हुन् । उनले चुनावको बेला पैसाले मात्रै काम नगर्ने बताए । जुवाबाट ल्याएको पैंसा र चुनावमा खाएको पैंसाले काम नगर्ने समेत उनको धारणा रहेको थियो । ‘चुनावमा पैंसा खाने र भोट अर्कै तिर हाल्ने प्रचलन पनि छ । यी दुई पैंसा फजुल खर्च हुन । त्यसैले निर्बाचनमा स्वच्छ प्रतिस्पर्धा गरौं ।’
बलायरले जनताको जिवनस्तर उठाउने कार्यक्रम नल्याएसम्म अन्य कुराले काम समेत नगर्ने बताए । उनले देश कंगाल एमाले अध्यक्ष ओलीले बनाएको आरोप लगाए । कैलाली क्षेत्र नम्बर ४ मा अहिले सम्म कुनै पनि बहुबर्षीय योजना नआएको उनको आरोप छ ।
‘लेखराज भट्टले अहिले सम्म कुन योजना यो क्षेत्रमा ल्याएका छन् । बहुबर्षीया कुन योजना छन् मलाई भन्नुस । फाष्टट्राक ल्याए भन्यो त्यो पनि मैले पैंसा हालेको हुँं । त्यसैले अब यस क्षेत्रका सबै योजना जनता सँग छलफल गरेर ल्याइने छ ,’ उनले भने ।
उनले अब डोटी गएर राजनीति नगर्ने बरु राजनीति छोडने प्रष्ट पारे । उनले अहिले सम्म प्रदेश राजनीतिको केही काम अगाडि नबढेकाले अब आफु निर्वाचित भएपछि त्यसको भौतिक पूर्बाधारको काम सुरु गर्ने दाबी समेत गरे ।
विकासमा गठबन्धन सरकार नै बाधक : एमाले सचिव भट्ट
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले राष्ट्र बचाउने जिम्मा एमालेको काँधमा आएको बताएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनका नाममा राष्ट्र र राष्ट्रियता बेच्न लागिरहेको उनले बताएका हुन । उनले नागरिकता बिधयक पास गरेर विदेशी महिलालाई सिन्दूर हालेर नागरिकता बेच्ने काम गरेको बताए । राष्ट्रपतिले नागरिकता बिधयक रोकेर राष्ट्रियता बचाएको बताउँदै उनले गठबन्धन सरकारका नेता कार्यकर्ताले राष्ट्रियता बचाउँदा उल्टै राष्ट्रपतिलाई तथानाम गाली गरको बताए ।
उनले एमालेको सरकारले कोरोना सङ्क्रमणका बेला नागरिकको जीवन रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले गोदावरी क्षेत्रमा राजधानी बनाउनु साथै धार्मिक पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताए । गोदावरी धामको विकासका लागि डिपिआर बनाउने काम भइरहेको बताउँदै उनले राजधानी निर्माण मुख्यमन्त्री र केही अरू नेताको स्वार्थका कारण नबनेको बताए ।
उनले गोदावरी क्षेत्रमा रहेको विद्युत, खानेपानी र तटबन्ध लागि पहल गरेको बताए । खानेपानी व्यवस्थापनका लागि गोदावरी नदीमा डिपिआर बनाएर अगाडि बढिरहेको बताउँदै उनले भने यस क्षेत्रको विकासमा गठबन्धन सरकार नै बाधक भएको उनको भनाई छ । यस्तै क्षेत्र नम्बर ४ प्रदेश (ख) का उमेदवार हरिसिंह साउदले नेकपाको सरकार हुँदा विकासको लहर छाएको बताए । उनले एमालेले गरेको विकास गरेको देखेर गठबन्धन सरकार अलात्तालिएको र गौरवका योजनाहरू बन्द गरेको बताए ।
उनले कुनै बेला गोदावरीमा राजधानी चाहियो भन्दै आन्दोलन गर्नेहरु अहिले आएर डोटी लान्छु भन्नेहरूका पछि लागेको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ बाहिरबाट चुनाव लड्न आएकाहरू विकास गर्न नभई राजधानी लैजान र विकासमा पछाडि पार्न आएको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बनेको गेटा मेडिकल कलेज संरचनालाई भग्नावसेस बनाएर डडेल्धुरामा मेडिकल कलेज घोषणा गरेको आरोप लगाए । उनले गोदावरी– ५ मा बनेका संरचनालाई उपयोगमा लगाएर मात्र अरू ठाउँमा घोषणा गर्न अनुरोध गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.