बुटवल : सत्ता गठबन्धनको भेलामा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल पनि सहभागी भएका छन् । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल शुक्रवार गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय भेलामा सहभागी भएका हुन् ।
बुटवलमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा भुसाल पनि सहभागी भए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरू सहभागी भएको प्रदेश स्तरीय भेलामा भुसाल पनि उपस्थित भएका हुन् ।
एमालेबाट विद्रोह गरेर भुसालले रुपन्देही क्षेत्र नं। १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका थिए । कम्युनिस्ट नेता भुसाललाई पाँच दलीय गठबन्धनले सघाउने बताएका छन् । उक्त क्षेत्रमा भुसाललाई सघाउन माओवादी केन्द्रले उम्मेदवार उठाएको थिएन ।