अत्तरिया : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लछिराम आचार्यले कैलाली–४ बाट प्रतिनिधि सदस्यका उम्मेदवार वीरबहादुर बलायर आफ्नो पार्टी र बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएको बताएका छन् । गौरीगंगा नगरपालिका–११ शिवपुरमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा उनले प्रतिनिधि सभाका उम्मेदवार बलायर र प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर सोडारी साझा उम्मेदवार रहेकोले विजयी गराउन अपिल गरे ।
देशमा सङ्कट परेको बेला विगत देखिनै राजनीतिक शक्तिहरू एकठाउँमा उभिएर देशलाई संकटबाट जोगाएको र आमूल परिवर्तन ल्याएको केन्द्रीय सदस्य आचार्यले बताए । अहिलेको गठबन्धन देशको आवश्यकता र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरूद्ध रहेको उनले बताए । ओलीले देश र देशको संविधान नै जोखिममा पारेका कारण देश र संविधान उभ्याउन आन्दोलन स्वरूप गठबन्धन गरेर साझा उम्मेदवार सहित लोकतान्त्रिक गठबन्धन चुनावमा होम्मिएको उनले बताए
तत्कालीन प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्ने दायित्व भुलेर सांसद विघटन, अदालतमा हस्तक्षेप , संविधान निर्यन्त्रण गर्ने जस्ता हर्कत गर्न थाले पछि त्यसका विरुद्ध आन्द्वालान स्वरूप गठबन्धन भएकोले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ थियो । केन्द्रीय सदस्य आचार्यले कैलाली – ४ मा माओवादीबाट उम्मेदवार नभए पनि गठबन्धनका उम्मेदवारलाई आफ्नै उम्मेदवार, पार्टी अध्यक्ष प्रचण्डकै उम्मेदवार सम्झेर बढी जिम्मेवार भएर लाग्न कार्यकर्ताहरुलाई अनुरोध गरे । माओवादीले बोकेको लक्ष, प्रदेशमा माओवादीको नेतृत्वका लागि पनि सबै नेता कार्यकर्ताहरु गठबन्धन प्रति वफादार भएर लाग्नु पर्ने उनले बताए ।
सम्बन्धित पाेस्टहरु