अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा जिप दुर्घटना भएको छ। सोमबार दार्चुलाबाट धनगढीका लागि छुटेको सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
सडक किनारामा जिप उल्टो पल्टिएको हो । जिपमा सवार ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा दार्चुलाको नौगाड गाउँपालिका ४ की ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीया अविशेक ठकुन्ना, ३८ वर्षीया रगुनाथ जोशी, ८४ वर्षीया सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीया प्रेम धामी रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ।