झुलाघाटमा पक्की पुल बन्छ, बनाउने जिम्मा मेरो : ओली

बैतडी : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सिमाना जोडिएको झुलाघाट नाकामा पक्की पुल बनाउने आश्वासन दिएका छन्। शुक्रबार जिल्लाको पाटनमा नेकपा एमाले जिल्ला कमिटी बैतडीले आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आजै दार्चुलामा चुनावी सभालाई सम्बोधन गरेर ओली बैतडी पुगेका हुन्। ‘थोत्रो पुलले हुँदैन । अब पक्की पुल बनाउनुपर्छ, त्यो जिम्मा एमालेले लिनेछ, त्यो जिम्मा म लिन्छु ,उनले भने।

यसैगरी सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाअन्तर्गत महाकाली करिडोरको निर्माण समयमै सम्पन्न गरिने समेत ओलीले बताए। उनले बैतडीबाट नेकपा एमालेको जित सुनिश्चित रहेको समते दाबी गरे। केन्द्रदेखि प्रदेशमा एमालेको सरकार बन्ने ओलीले जिकिर गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.