दुर्गालक्ष्मीमा व्यवस्थापकीय सुधारको प्रयास

अत्तरिया, २१ कात्तिक : गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना विद्यालय व्यवस्थापन समितिले व्यवस्थापकीय सुधार गर्ने प्रयास गरेको छ । समितिले विद्यालयमा विद्यार्थीले विद्यालय ड्रेस लगाएको नलगाएको, शिक्षकहरु समयमा आए नआएको लगायतका विषयमा चासो राखेको हो ।
गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले सोमबार अनुगमन गरेका छन । समितिका अध्यक्ष गणेश शाहले विद्यालयको समग्र पक्षको सुधारको लागी पहल थालिएको बताए । उनले विद्यालयमा शौचालयको अवस्था नाजुक रहेकाले त्यसको सुधार गरिने बताए ।
यस्तै उनले खेल मैदानको अभाब देखिएकाले त्यसको पनि समाधान खोजिने बताए । अनुगमनको क्रममा विद्यालय समय तोकिएको भन्दा ढिला आउने शिक्षक विद्यार्थीहरुलाई केही समय गेट बाहिर राखिएको छ । नगरप्रमुख भट्टले शौचालयको समेत अनुममन गरेका थिए । दुर्गालक्ष्मी यस क्षेत्रको ठुलो र नमुना विद्यालय भए पनि व्यवस्थाकीय पक्ष भने कमजोर देखिदै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.