Agni Offset Press

विकासका लागि मेरो उम्मेदवारी हो : देउवा

Aarati simant

प्रधानमन्त्री एवम् नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वकीय सचिव भएर पनि काम गरेका प्रकाश देउवा यसपटक कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । उनी प्रधानमन्त्री देउवाको भतिजासमेत हुन् । अहिले उनी चुनावी प्रचार–प्रचारमा सक्रिय छन् । प्रस्तुत छ, उम्मेदवार देउवासंग गरिएको सम्पादित अंश
तपाईको चुनावी कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
अहिले लोकतानित्रक गठबन्धन छ । गठबन्धनका लागि मत माग्न मतदाता भेटघाट, घरदैलो, टोलसभालगायतका कार्यक्रमहरु भइरहेका छन् । जिम्मेदवारी बाँडफाँड गर्दै नेता कार्यकर्ताहरुलाई पनि परिचालन गरिएको छ । चुनावी प्रचार प्रसारका क्रममा यहाँका समस्या बुझ्ने कामहरु पनि भइरहेको छ ।

युवा उमेरमै प्रदेशसभा सदस्य उम्मेदवार बन्नुभएको छ कस्तो महसुस भइरहेको छ ?
म उमेरले युवा नै हो । मेरो घरको राजनीतिक माहोलले म सानैदेखि कांग्रेस पार्टीमा लागेको हुँ । धनगढीमै हुर्के पढेको मान्छे हो । धनगढी नम्बर वडा नम्बर २ मा घर भएको म ऐश्वर्य विद्या निकेतनमा पढेको हुँ । कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुँ । अहिले पहिलो पटक उम्मेदवार बनेको छु । विजयी भएको खण्डमा यहाँको लागि म धेरै काम गर्न सक्छु ।

अब राजनीति युवा पुस्ताको हातमा जानुपर्छ भनिरहँदा तपाईँको ठूलोबुवा अर्थात प्रधानमन्त्री देउवा र तपाई सँगै दुई पुस्ता चुनावमा होमिनुभएको छ । कस्तो प्रतिक्रिया आइरहेको छ ?

प्रधानमन्त्री एवम्ं हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवा उहाँको देशका लागि महत्वपूर्ण योगदान छ । उहाँले प्रजातन्त्रका लागि आफ्नो युवा अवस्थादेखि गरेको सङ्घर्ष र योगदान हामी सबैलाई थाहा छ । उनले विभिन्न आन्दोलन गरेर नेपाली काँग्रेसमा लागेर यो देशलाई यहाँसम्म ल्याउनुभयो । देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र हुँदै पछि गणतन्त्र आयो यो सबै काल खण्डमा उहाँको महत्वपूर्ण योगदान छ । र अहिले उहाँ यो देशको प्रधानमन्त्री हुनुहुन्छ । म पनि बाल्यकालदेखि नै उहाँसंग लागेर विभिन्न आनदोलनहरुमा सहभागि भएको छु । चाहे त्यो ६२\६३ को आन्दोलन होस या त्यो भन्दा अगाडि राजा ज्ञानेन्द्रले चालेका हर कदम होस । त्यसमा पनि प्रत्यक्ष अत्याचारमा परेका व्यक्ति हौं । उहाँले देशको प्रधानमन्त्री र पार्टीको सभापति भएकाले टिकट नपाउने भन्ने भएन । म पनि राजनीतिमा लागेको क्षमतावान युवा भएकाले टिकट पाउनु नौलो कुरा भएन । पाटीले सबै उमेर समूहका मान्छेलाई समेटेर लिएको छ भन्ने सन्देश पनि दिएको छ । मैले यसलाई पोजेटिभ रुपमा नै लिउको छु ।

तपाई यही जन्मिनुभयो, हुर्किनु र यही पढ्नुभयो । तर तपाईलाई विपक्षीले टुरिस्ट भन्न भ्याइरहेका छन् नि ?
चुनावमा प्रतिस्पर्धीले अरुका भएका वा नभएका कमजोरीहरुलाई प्रचार गर्ने गर्छन् । जुन राम्रो काम भने पक्कै होइन् । तर जनतालाई भ्रममा पार्न यस्तो गरिन्छ । यहाँ मेरै प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद जोशीले मलाई राम्रोसंग चिन्नुहुन्छ । म पनि उहाँलाई राम्रोसंग चिन्छु । उहाँले मेरो बारेमा के जनतामाझ गएर के भनिरहनुभएको छ थाहा भएन ।

तपाइको उम्मेदवारी किन र केका लागि ?
सर्वप्रथम मेरो उम्मेदवारी समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि हो । पछिल्लो सरकारले गरेका क्रियाकलाप र काम कारबाहीका कारणले सङ्घीयताप्रति जनतामा वितृष्णा पैदा भएको छ । यसलाई चिर्नुछ । प्रदेशसभा सदस्य र प्रदेश सरकारमा गइसकेपछि विचारै नगरी जहाँ पायो त्यहीँ बजेट हाल्ने काम भइरहेको छ । यसले असमानता पैदा भयो । काम पनि सही तरिकाले हुन सकेन । जसले गर्दा जनतामा संघीयताप्रति राम्रो सन्देश पुग्न सकेन । जनताबाट सङ्घीयता भ्रस्टचारको लागि मात्र भएका भन्ने जस्ता गुनासा आएका छन् । यही म प्रदेशसभा सदस्य भइसकेपछि यही ठाउँमा बस्छु । प्रदेश सदस्य हुने र काठमाडौं गएर बस्ने काम हुँदैन । यही प्रदेशमा नै प्रदेशका समस्या बुझेर यसको समाधानको बाटो निकाल्न सकिन्छ । यो सबै कुरालाई नियालेर समग्र प्रदेशको विकास गर्नेछु । जस्तो केन्द्रबाट सङ्घबाट नपुगेका, नदेखेका, र नगर्न सकेका कामलाई प्रदेश सरकारले गर्नुपर्छ । हुन त स्थानीय तह पनि छ तर स्थानीय तहको निश्चित दायरा छ । स्थानीय तहबाट हुन नसकेका काम मैले प्रदेशबाट गर्नेछु ।

यहाँका लागि के–के काम गर्न सक्नुहुन्छ ?
प्रदेश सरकार र यही सरकारको पहलबाट गर्न सकिने कामहरुका लागि म सक्रिय हुनेछु । जस्तै प्रदेश सरकारका गौरवका योजना पनि हुन्छन् । यहाँ थुप्रै सम्भावना छन् जस्तै खप्तड क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने, विकास निर्माणका कुरामा यही त्रिनगर भन्सारको स्तरोन्नतिको कुरा, बाटाघाटाका कुरा, खानेपानी जस्ता धेरै कुरामा म काम गर्ने छु । फाप्ला क्रिकेट मैदान, एयरपोर्ट, धनगढीमा डुबानको समस्या छ यो यहाँको मुख्य समस्या हो । यसका लागि ढल निकासको काम, अर्को तटबन्धका क्षेत्रमा म काम गर्ने छु । मुख्य कुरा दुव्र्यसनीको समस्या छ । यसको रोकथामका लागि काम गर्नुछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.