Agni Offset Press

प्रदेश राजधानी जनतालाई भ्रम छर्ने काम भयो : भट्ट

Aarati simant

अत्तरिया, ३० कात्तिक : नेकपा एमालेको तर्फबाट कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टले प्रदेश राजधानी र फास्टट्राकको बारेमा भ्रम छर्ने र झुट बोल्ने काम गरिरहेको आरोप लगाएका छन् । बुधबार बिहान संचारकर्मीसँग कुरा गर्दै एमाले सुदूरपश्चिम इन्चार्ज तथा कैलाली ४ का उम्मेदवार भट्टले यस्तो बताएका हुन् ।
उनले विरबहादुर बलायरले इमानदारीपुर्वक जनता माझ कुरा नराखेको उनले बताए । उनले भने, जनतामा झुट र भ्रम फैलाउने काम गरेपनी जनता त्यो भम्रमा नपरेको उनको भनाई छ । हिजोको दिनमा प्रदेशसभाबाट दुई तिहाइले पारित भएको प्रदेश राजधानी निर्णय भएको उनले बताए । जव प्रदेश सरकारले निर्णय गरेको छ, पारित भएको, तलबाटै प्रक्रिया अनुसार अघि बढेको कुरालाई आफ्नै पहलमा भएको भन्नुभयो’ उनले भने । एमाले सुदूरपश्चिम इन्चार्ज भट्टले भने ६ महिनामा बन्ने कुरा होर त्यो कम्तीमा ५ बर्षमा बन्छ भने । राजधानीलाई पुर्णता दिन ५ देखि ७ बर्ष लाग्ने उनले बताए । त्यो उहाँले ६ महिनामा बन्नु त्यो झुट दिनु र भ्रम छर्नु बाहेक उरु केही होइन्, उनले भने ।
यस्तै सुदूरपश्चिम इन्चार्ज भट्टले खुटिया दिपायल फास्टट्याकको बारेमा बलायरलाई थाहा नभएको बताए । उनले भने, खुटिया दिपायल फास्टट्याक त्यो उहाँको दिमागमा थिएन्, अहिले पनी छैन् उहाँको दिमागमा । उहाँले जे भन्दै हुनुहुन्छ, त्यो गलत भन्दै हुनुहुन्छ । पहिलो कुरो त निरौली गडसेराका मान्छे तथा अगुवाहरुले बिपीनगर देखी गडसेरासम्म बाटो लैजान सुझाब दिएपछि आफुले नै जनआन्दोलनको समयमा त्यो बाटो हिडेको र केटाकेटी हुँदाको समयमा त्यो बाटो हिँडेको हुनाले आफु त्यस्को पहल गरेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.