अत्तरिया : कैलालीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । अहिले सम्म १०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । उन्मुक्ति पार्टीले ३३ मत ल्याउँदा नेपाली काँग्रेसले २७ मत ल्याएको छ । यस्तै नेकपा एमालेले २३ मत प्राप्त गरेको छ । यहाँ नागरिक उन्मुक्तिबाट रन्जिता श्रेष्ठ, गठबन्धनबाट काँग्रेसका रामजनम चौधरी, एमालेबाट तपेन्द्र रावल उम्मेद्वार रहेका छन् ।