कैलाली ५ का मुख्य निर्वाचन अधिकृतको ‘प्रेसर बढ्यो’, मतगणना अनिश्चित

अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना अनिश्चित भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित भएको हो।

निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको जनाएको छ । उनलाई ‘प्रेसर’को समस्या रहेको जनाइएको छ। यसअघि आज दिउँसो १ बजेदेखि मतगणना गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो । तर, बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा चलेको बैठक नै स्थगित भएको थियो।

त्यसपछि मुख्य निर्वाचन अधिकृत अर्यालको प्रेसर बढेको र अहिले उनी आफ्नो क्वाटरमा आराम गरिरहेका छन्। कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.