देउवाको क्षेत्र डडेल्धुरा प्रदेशमा स्वतन्त्र उम्मेदवार जोशी विजयी, काँग्रेसका मन्त्री बोहरा पराजित

अत्तरिया : प्रधानमन्त्री एंव नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निर्वाचन डडेल्धुरामा प्रदेश सभामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् । उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । जोशीले नेकपा एकीकृत समाजवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४ सय ८० मतले पराजित गरेका छन । बोहराले १० हजार ९ सय ७० मत पाए । बोहरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्रीसमेत हुन् ।
०७४ सालको निर्वाचनमा यहाँ काँग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए । मल्लवाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए । मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए ।
मल्लले यस पाली विपि काँग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए । उनी शेरबहादुर देउवा संग पराजित भए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.