सुदूरपश्चिमलाई यु– १९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौँ : यु– १९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ३९ रनको अविजित इनिङ खेल्दा दिपक बोहोराले २५ रन बनाएका थिए । त्यस्तै, अनुराग सिंह २२ रनमा आउट भए ।

लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १–१ विकेट हात पारेका थिए । त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले खराब प्रदर्शन गरेको थियो । उसका लागि आकाश त्रिपाठीले ३८ रन बनाउनु सर्वाधिक रह्यो । खराब ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा अलआउट हुँदै ९२ रनमा नै सीमित भएको थियो । उसका लागि आकाशबाहेक अन्यको प्रदर्शन निरासाजनक रह्यो ।

नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल रहे। सुदूरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन बनाएर ५ विकेट लिएका थिए । त्यस्तै, हेमन्त धामी र नरेन साउदले समान २–२ विकेट लिए । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको थियो । लुम्बिनी र सुदूरपश्चिमबीच गत संस्करणमा भएको फाइनलमा भने लुम्बिनीले ११३ रनले जितेको थियो । जारी सस्करणमा भने सुदूरपश्चिमले सतप्रतिशत नतिजा निकाल्दै उपाधि चुम्यो । ७ मंसिरबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्दा उपविजेता बनेको लुम्बिनीले १ लाख नगद हात पा¥यो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.