Agni Offset Press

धनगढीमा आज नेपथ्यको लाइभ कन्सर्ट हुँदै

Aarati simant

धनगढी,३ पुस : धनगढीमा आज नेपथ्यको लाइभ कन्सर्ट हुँदैछ । मानव सेवा आश्रमलाई सहयोगार्थ नेपथ्य ब्यान्डले कन्सर्ट गर्न लागेको हो ।मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली शुक्रबार दिउँसो धनगढी आइपुगेको छ । पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई शुक्रबारै आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगायत पदाधिकारीहरुले स्वागत गरेका थिए ।

यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन र नेपालगंजमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत धनगढीमा छैठौं प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस ३ गते आइतबार बेलुकी ४ बजे स्थानीय धनगढी रंगशाला मैदानमा हुनेछ । धनगढीमा यसअघि पनि चारपटक उपस्थित भइसकेको नेपथ्यले यो रंगशाला मैदानमा भने आफूलाई दोश्रोपटक प्रस्तुत गर्नलागेको हो ।

नेपथ्यले पहिलोपटक ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत सन् २००५ मा पहिलोपटक आफूलाई धनगढीमा प्रस्तुत गरेको थियो । त्यसको लगत्तै अर्को वर्ष २००६ मा ‘शान्तिको लागि शिक्षा’ अभियानमा आफूलाई यहाँ प्रस्तुत ग¥यो । त्यसको ६ वर्षपछि फेरि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै नेपथ्य यहाँ प्रस्तुत भएको थियो । पछिल्लोपटक भने चार वर्षअघि सन् २०१८ मा नेपथ्यले अहिले प्रस्तुत हुनलागेको रंगशाला मैदानमै कन्सर्ट दिएको थियो ।

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको हो । यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।
कन्सर्टका टिकटहरु सुदरपश्चिम महोत्सवको स्टल नम्बर १५९ बाट धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.