अत्तरिया : फ्रेन्च स्ट्राइक किलियन एम्बाप्पेले विश्वकप फाइनलमा ह्याट्रिक गरेका छन् । विश्वकपको इतिहासमा फाइनलमा भएको यो पहिलो ह्याट्रिक हो । अर्जेन्टिनाविरुद्धको खेलमा एम्बाप्पेले ३ गोल गरेका छन् । यीमध्ये दुई गोल पेनाल्टीमा उनले गरेका हुन् ।
उनले खेलमा पहिलो गोल ८० औँ मिनेटमा पेनाल्टीमार्फत् गरेका थिए । त्यसको ९७ सेकेन्डपछाडि उनले दोस्रो गोल गरेका थिए । खेलमा फ्रान्सले गरेका ३ गोल नै एम्बाप्पेले गरेका हुन् ।