काठमाण्डौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
बैठकले नयाँ सत्ता समीकरण गर्दै दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने सहमति भएको छ । दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेस गर्ने सहमति भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले बताए ।
नयाँ सत्ता समीकरणमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टीका ६ र अन्य साना दलसमेत सामेल हुने बताइएको छ ।