लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका नेता पक्राउ

काठमाडौं : नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका छन् । शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए ।
पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ । लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै मुद्दा चलिरहेको छ ।

प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट, विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन् । पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.