गेटा आँखा अस्पताल कर्मचारी युनियनको साधारण सभा

अत्तरिया, १५ पुस : गेटा आँखा अस्पताल कर्मचारी युनियनको दोस्रो साधारण सभा भव्य समारोहका बीच शुक्रबार सम्पन्न भएको छ । युनियनले आयोजना गरेको साधारण सभामा गेटा आँखा अस्पतालमा विगत लामो समय अनवरत रुपमा आँखा रोगीका बिरामीको सेवामा अहोरात्र खटिएका र संस्थाको प्रगतिमा समर्पित रहेका ४ जना कर्मचारीहरुलाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा गेटा आँखा अस्पतालद्वारा संचालित महेन्द्रनगर आँखा अस्पतालमा कार्यरत कर्मचारी हरीकृष्ण भट्ट, आँखा उपचार केन्द्र बुद्धमन्दिर धनगढीमा कार्यरत कर्मचारी रुद्र राज भट्ट, गेटा आँखा अस्पतालमा कार्यरत कर्मचारीहरु रमेश चन्द्र भट्ट र गणेश बहादुर खुना रहेका थिए ।
युनियनका सचिव जय बहादुर बुमीले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए । गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सुद्धी राम चौधरी, विशिष्ट अतिथि नेत्र विशेषज्ञ डा. सुजाता भण्डारी, व्यवस्थापन सल्लाहाकार दीर्घ बहादुर चन्द, कर्मचारी प्रतिनिधि पवन शाह, अतिथिहरु विभागीय प्रमुख लगायत रहेका थिए ।
कार्यक्रमका सभापति खेमराज उपाध्याय, प्रमुख अतिथि वडा अध्यक्ष सुद्धी राम चौधरी, विशिष्ट अतिथिहरु गेटा आँखा अस्पतालका व्यवस्थापन सल्लाहाकार दीर्घ बहादुर चन्द, बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्ट, कर्मचारी प्रतिनिधि पवन शाहले मन्तव्य व्यक्त गरेका थिए । गेटा आँखा अस्पतालको सभाहलमा आयोजित कार्यक्रमको संचालन मिना विष्टले गरेकी थिईन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.