आफन्तले देखेपछि बलात्कार हुनबाट जोगिइन् टीकापुरकी ९ बर्षीय बालिका

अत्तरिया : कैलालीको टीकापुरमा एक ९ बर्षिया बालिकामाथि बलात्कारको प्रयास भएको छ । टीकापुर नगरपालिका ५ का एक ३० बर्षीय युवकले बालिकामाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पुस १५ गते साझ करिब ५ः३० बजे नजिकैको केराबारीमा बलात्कारको प्रयास गरिरहेका बेला स्थानीयले देखेका थिए । केही स्थानीयले देखेपछि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनको खोजी भइरहेको डिएसपी जोशीले बताए । बालिकाको घर नजिकैका ती पुरुषले केरा देखाउने भन्दै बालिकालाई केरावारिमा लगेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेम शाहीले जानकारी दिए। बालिका आफन्तले पुरुष विरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.