सुदूरपश्चिममा सभामुखको निर्वाचन माघ २ गते

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा सभामुखको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । आइतबार बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति गरेको प्रदेश सभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

सुदूरपश्चिममा सोमबारबाट प्रदेश सभा बैठक सुरु हुँदै छ । प्रदेश सभा बैठक सुरु हुनु भन्दा अघिल्लो दिन आज सर्वदलीय बैठक बसेको हो । आजको बैठकले अध्यक्ष मण्डल तयार गर्ने निर्णय समेत गरेको छ ।

पहिलो बैठकको अध्यक्षता प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले गर्नेछन् । उनले यसअघि जेष्ठ सदस्यको रुपमा प्रदेशसभा सदस्यहरुलाई सपथग्रहण गराएका थिए । सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.