Agni Offset Press

क्षेत्रीय सहरी विकास आयोजना : सम्झौता अवधि सकीयो, काम अधुरै

Aarati simant

अत्तरिया : क्षेत्रीय सहरी विकासमार्फत कैलालीको गोदावरी नगरपालिकामा १६ दशमलव ५३ किलोमिटर सडक निर्माण भईरहेको छ । क्षेत्रीय सहरी विकास मार्फत कालोपत्रको चरणमा छ । गोदावरीका ६ वटा सडकको भौतिक प्रगति ६७ प्रतिशत देखिएको छ । गोदावरीमा कालिका कन्स्ट्रक्सनसँग ५४ करोड ४३ लाख ९७ हजार ५८ रुपैयाँ ६० पैसामा सम्झौता गरिएको थियो । सन २०२० जुलाई १२ तारिकमा कालिका कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।
क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर सन्जिवकुमार शाहले गोदावरीमा सडक निर्माणको काम जारी रहेको बताए । गोदावरी नगरपालिकाभित्र गेटा आँखा अस्पताल–जोनापुर सडक, गेटा आँखा अस्पताल–लालपुर सडक, कत्था उद्योग–जोनापुर सडक, लालपुर–गौडी सडक, चौकीडाँडा–चख्लेखोला सडक र सृजना नगर सडक क्षेत्रीय सहरी विकास मार्फत निर्माण हुँदैछन् ।
यस्तै धनगढी उपमहानगरपालिकामा १० दशमलव २५ किलोमिटर सडक निर्माणाधिन छ । एशियाली विकास बैँकको सहुलियत ऋण सहयोगमा भ्याट बाहेक ७६ करोड ९० लाख ७६ हजार पाँच सय ३६ रुपैयाँ ७ पैसाको लागतमा धनगढीमा सात सडक निर्माणको चरणमा छन् । सन २०२० जुलाई १२ तारिकमा कालिका कन्स्ट्रक्सनसँग धनगढीका सात वटा सडक कालोपत्रका लागि सम्झौता भएको थियो । सम्झौताको समय अवधि सकिएको छ । तर सडकको भौतिक प्रगति ५७ प्रतिशत मात्र देखिएको छ । कालिका कन्स्ट्रक्सनले सम्झौता रकमको ४२ प्रतिशत भुक्तानी लिइसकेको क्षेत्रीस सहरी विकासको तथ्यांक छ ।
धनगढीमा क्षेत्रीय सहरी विकासमार्फत गुल्म–चर्च सडक, ट्राफिक चौक–कैलाली नाला सडक, क्याम्पस गेट–चटकपुर सडक, जाखोर ताल सडक, धनगढी–खुटिया सडक, मालपोत र हसनपुर सडक कालोपत्र हुँदैछ । धनगढीको चौराहदेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको काम भने अझै सुरु भएको छैन । धनगढीमा डसेम्बर अन्तिममा सडक निर्माणको समय अवधि सकिदैछ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा पनि क्षेत्रीय सहरी विकासमार्फत सडक कालोपत्र हुँदैछन् । जिल्लाको भीमदत्त नगरपालिकामा १४ दशमलव १०४ किलोमिटर सडक कालोपत्रका लागि २०२० अप्रिल १२ तारीकमा सम्झौता भएको थियो । भीमदत्तमा २३ वटा सडक निर्माणका लागि जेठ–आई–इ–सी लामा जेभीसँग ९९ करोड १८ लाख ४४ हजार चार सय ४८ रुपैयाँ २४ पैसामा सम्झौता भएको हो ।
भीमदत्तका सडकको भौतिक प्रगति ५८ प्रतिशत पूरा भएको छ । निर्माण कम्पनीले सम्झौता रकमको ४५ प्रतिशत भुक्तानी लिएको क्षेत्रीय सहरी विकास आयोजना, धनगढीले बताएको छ । कञ्चनपुरको शुक्लाफँटा नगरपालिका क्षेत्रमा २७ करोड ८७ लाख ८७ हजार पाँच सय ६१ रुपैयाँ ११ पैसा लागतको चार दशमलव ७७ किलोमिटर सडक निर्माणधिन छ । क्षेत्रीय सहरी विकास आयोजनाले शुक्लाफाँटा नगरपालिका क्षेत्रका सडक रमन–केएस जेभी धनगढीले निर्माण गर्दैछ ।
शुक्लाफाँटामा सडकको ८६ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तिय प्रगति ६५ दशमलव ३७ प्रतिशत रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय, धनगढीका इन्जिनियर सन्जिवकुमार शाहले बताए । डिसेम्बर २०२२ को अन्तिमसम्म भौतिक र वित्तिय प्रगति बढ्ने उनको दाबी छ । क्षेत्रीय सहरी विकासमार्फत कैलाली र कञ्चनपुरका चार स्थानीय तहमा सञ्चालनमा रहेका सडकको झण्डै आधा काम बाँकी रहेको हो । सम्झौताको अवधि सकिनै लाग्दासमेत निर्माण कम्पनीहरुले आँधा काम गर्न बाँकी छ । बाँकी कामका लागि सम्झौता अबधि थप्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।

 

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.