
अत्तरियामा यामाहाको माईलेजÞ चुनौती तथा ¥याली
अत्तरिया, १८ पुस
कैलालीको गोदावरी नगरपालीका १ अत्तरियामा यामाहाको माईलेजÞ चुनौती तथा ¥याली सम्पन्न गरेको भएको छ ।
अत्तरियामा रहेको सुभकोटी मोटर्स यामाहा शोरूमले आयोजना गरेको १ दिने माईलेजÞ चुनौती तथा ¥याली आईतबार सम्पन्न भएको हो । ¥यालीमा सुभकोटि मोटर्स शोरुमका सलुटो १२५ सिसिको मोटरसाइकल भएका ग्राहकहरुको लागि उक्त माईलेजÞ चुनौती तथा ¥याली आयोजना गरेको शोरूम संचालक समुन्द्र भण्डारी ले बताए ।
माईलेजÞ चुनौती तथा ¥यालीमा १९ जना सुभकोटी मोटर्सका ग्राहकहरुको सहभागिता रहेको थियो । सुभकोटि मोटर्स शोरुमबाट सुरु भई गेटा, स्याउले, तेघरी हुँदै कञ्चनपुरको वाणीमा सम्पन्न गरिएको संचालक भण्डारीले बताए ।
¥यालीमा सहभागी १९ जनाहरू मध्ये सबैभन्दा उच्च माईलेज दिने ३ जना प्रथम, दोस्रो र तेस्रो हुने ग्राहकहरुलाई उच्च माईलेजÞ को सफलतामा विजेताहरुलाई बधाई दिदै सुभकोटि मोटर्सको तर्फ बाट प्रमाण पत्र, ट्रफी सहित अन्य गिफ्ट ह्याम्परहरू समेत वितरण गरेका थिए । ¥यालीमा सबै भन्दा उच्च माइलेज दिनेमा भीम विक प्रथम भएका थिए । उनको मोटरसाइकलले ¥याली सुरु भए देखि सम्पन्न भएको स्थान सम्म प्रति लिटर मा १०१.४५ कि.मि को माइलेज दिएको थियो । दोस्रोमा टेकराज भट्ट थिए । उनको मोटरसाइकल ले १००.६१ कि.मि को माइलेज दिएको थियो । तेस्रो मा भैरव चौधरी भएका थिए । उनको मोटरसाइकल ले ९८.३२ कि.मि को माइलेज दिएको थियो ।
यस्तै यामाहा शोरुम सुभकोटि मोटर्स अत्तरिया सञ्चालक भण्डारीले आगामी दिनमा आफ्ना ग्राहकहरूमा विश्वास जगाउन यस किसिमको ग्राहक संलग्नता चुनौतीलाई निरन्तरता दिने उनले बताए । साथै उनले यामाहा को सलुटो १२५ सिसि मोटरसाईकल उत्कृष्ट माइलेजको लागि ग्राहकहरु को रोजाइमा पर्न सफल भएको समेत बताए ।
