
अत्तरिया : कैलालीको गोदावरी नगरपालीका १ अत्तरिया मा रहेको सुभकोटी मोटर्स यामाहा शोरूम ले आयोजना गरेको १ दिने माईलेज़ चुनौती तथा र्याली आईतबार सम्पन्न गरेको हो ।र्याली मा सुभकोटि मोटर्स शोरुम का सलुटो १२५ सि.सि को मोटरसाइकल भएका ग्राहकहरुको लागि उक्त माईलेज़ चुनौती तथा र्याली आयोजना गरेको शोरूम संचालक समुन्द्र भण्डारी ले बताएका छन्।
आईतबार सम्पन्न भएको आयोजित माईलेज़ चुनौती तथा र्याली मा १९ जना सुभकोटी मोटर्स का ग्राहकहरुको सहभागिता रहेको थियो। र्याली आईतबार सुभकोटि मोटर्स शोरुम बाट सुरु भई गेटा, स्याउले, तेघरी र तेघरी हुँदै कञ्चनपुर जिल्लाको वाणी मा सम्पन्न गरिएको संचालक भण्डारी ले बताएका छन्। उक्त र्याली मा सहभागी १९ जनाहरू मध्ये सबैभन्दा उच्च माईलेज दिने ३ जना प्रथम,दोस्रो र तेस्रो हुने ग्राहकहरुलाई उच्च माईलेज़ को सफलतामा विजेताहरुलाई बधाई दिदै सुभकोटि मोटर्स को तर्फ बाट प्रमाण पत्र, ट्रफी सहित अन्य गिफ्ट ह्याम्परहरू समेत वितरण गरेका थिए।
र्यालि मा सबै भन्दा उच्च माइलेज दिने मा भीम वि क प्रथम भएका थिए।उनको मोटरसाइकल ले र्याली सुरु भए देखि सम्पन्न भएको स्थान सम्म प्रति लिटर मा १०१.४५ कि.मि को माइलेज दिएको थियो। दोस्रो मा टेक राज भट्ट थिए उनको मोटरसाइकल ले १००.६१ कि.मि को माइलेज दिएको थियो। तेस्रो मा भैरव चौधरी भएका थिए उनको मोटरसाइकल ले ९८.३२कि.मि को माइलेज दिएको थियो। यस्तै यामाहा शोरुम सुभकोटि मोटर्स अत्तरिया सन्चालक भण्डारी ले आगामी दिनमा आफ्ना ग्राहकहरूमा विश्वास जगाउन यस किसिमको ग्राहक संलग्नता चुनौतीलाई निरन्तरता दिने उनले बताए। साथै उनले यामाहा को सलुटो १२५ सि सि मोटरसाईकल उत्कृष्ट माइलेज को लागि ग्राहकहरु को रोजाइमा पर्न सफल भएको समेत बताए ।
