गोदावरीमा एमालेको तेस्रो दिन पनि प्रदर्शन

अत्तरिया : नेकपा (एमाले) ले गोदावरी नगरपालिकाको कार्यालय परिसरमा तीन दिन देखि निरन्तर प्रदर्शन गर्दै आएको छ । बुधबार पनि नगरको कार्यालय अगाडि नारावाजी गर्दै विरोध जनाएको हो । एमालेले खुटिया खोलाबाट नदी जन्य पदार्थ नगरपालिकाले मनपरी थालिएको बिरोध गर्दै आएको छ ।
एमाले नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टको नेतृत्वमा नगरपालिका पुगेको नेताहरुको समुहले नगरपालिकाको उक्त कार्य बिरुद्द चर्को नाराबाजी गरेका हुन । बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टले नगरपालिकामा भएको भ्रष्टाचाटारको अख्तियारले छानबिन गर्नुपर्ने माग गरे । नगरपालिकाको उक्त कार्यको बारेमा अख्तियारमा उजुरी गराएको ३ दिन भएकाले तुरुन्त अक्तियारले छानबिन गर्नुपर्ने उनको माग रहेको छ । आगामी दिनमा पनि विरोध कार्यक्रम जारी रहने एमालेले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.