एमालेद्वारा गोदावरीमा जारी विरोधका कार्यक्रम स्थागित

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले खुटिया खोलाबाट नदी जन्य पदार्थ उठाउन केही क्रसर उद्योगलाई चिट काटेर दिने गरेको खुलेपछि त्यसको बिरोध गर्दै आएको एमाले ले विरोधको कार्यक्रम स्थगित गरेको छ ।

एमाले गोदावरी नगर कमिटि अध्यक्ष गोकर्ण भट्टको नेतृत्वमा विगत ३ दिन देखि निरन्तर रुपमा गर्दै आएको विरोधको कार्यक्रमलाई अझ सशक्त र कडा रुपमा अगाडि बढाउनुपर्ने देखिएकाले त्यसको तयारी गर्न स्थगित गरिएको एमाले गोदावरी नगर कमिटिले जनाएको छ ।

‘विरोध कार्यक्रममा प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने नेता , कार्यकता ,नागरिक समाज , पत्रकार , बिद्धिजिवी तथा सम्पूर्ण नगरबासी जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ । आउँदा दिनहरुमा सहयोगको अपेक्षा गरिन्छ’ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.