शुक्लाफाँटा ८ का वडा अध्यक्ष महराले दिए राजीनामा

कञ्चनपुर : कञ्चनपुरका एक वडाअध्यक्षले राजीनामा दिएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष बहादुरसिंह महराले पदबाट राजीनामा दिएका हुन् ।
शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका छन् । बैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । नगरप्रमुख रणबहादुर महरालाई बुझाएको पत्रमा निरन्तर रुपमा जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भएकोले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.