अत्तरिया, २२ पुस : कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा समैजी विश्वनाथ महादेवको सप्ताह महायज्ञ लाग्ने भएको छ । आउँदो माघ १५ देखि २२ गते सम्म महायज्ञ सञ्चालन हुने लागेको हो । समैजी विश्वनाथ महादेव शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको हो । मन्दिर प्राङणमै महायज्ञ आयोजना हुने छ । शुक्रबार महायज्ञको सचिवालय समेत उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि श्री अच्युतशरण महाराज रहेका थिए ।
आयोजक मुल समितिका संयोजक गोपाल देउवाका अनुसार २२ गते सम्म सञ्चालन हुने छ । हिन्दुधर्मरहेको संस्कृति जोगाउनका साथै गौशाला निर्माणका महायज्ञ लगाउने उदेश्य रहेको छ । वडा नम्बर ८ मा पहिलो यस्तो महायज्ञ आयोजना हुन लागेको उनले बताए । समाजमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि गौशालाको निर्माण गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।
महायज्ञबाट संकलन भएको रकम गौशालामा खर्च हुने उनले बताए । महायज्ञ सञ्चालनका लागि ५ लाख खर्च लाग्ने अनुमान गरेको छ । सचिवालय उद्घाटन कार्यक्रममा आयोजक मुल समितिका संयोजक गोपाल देउवा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बोगटी र सुर्येदय सामुदायिक वनका अध्यक्ष जगन्ना सिंहको पनि उपस्थिति रहेको थियो ।