धनगढीमा कपडा पसलमा आगलागी, ६० लाखको क्षति

धनगढी : कैलालीमा कपडा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको बताए ।

इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी बरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए । आगलागीको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.