संजीवनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भट्ट

धनगढी, २३ पुस : संजीवनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बलराम भट्ट चयन भएका छन् । शनिबार धनगढीमा आयोजित सहकारीको ११ औं साधारणसभाले भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा भक्तराज जोशी, सचिवमा गगनसिं ऐर, कोषाध्यक्षमा धर्मराज जोशी चयन भएका छन् । यस्तै सदस्यहरुमा दिलबहादुर धामी, महेश्वर जोशी, लक्ष्मी शाही, बिन्दु शाही, रामचन्द्र भट्ट, विरेन्द्र शाही, कविराज जोशी चयन भएका छन् । सहकारीको लेखा समितिमा कर्णबहादुर शाही, पदमराज जोशी र प्रकाश बलायर चयन गरिएको छ ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको सो साधारणसभामा प्रमुख अतिथि सुदूरपश्चिम विश्व विद्यालयका कार्यकारी परिषद सदस्य प्राध्यपक तोयना भट्ट रहेका थिए भने विशिष्ट अतिथीका रुपमा व्यवस्थापन संकायका डीन डा. पदमराज जोशी, कैलाली बहुमुखि क्याम्पसका उपप्राध्यापक मानबहादुर जोरा रहेका थिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष बलराम भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव भक्तराज जोशीले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.