अत्तरिया, २३ पुस : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेमा रहेको जयलक्ष्मी ग्रामिण विद्युत सहकारी सँस्था लिमिटेडको १८ औँ वार्षीक साधारणसभा सम्पन्न भएको छ । शनिबार सँस्थाका अध्यक्ष टेकबहादुर देउवाको सभापतित्व तथा गोदावरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभामा चौधरीले विद्युत बिग्रीदा पनि समस्या समयमै समाधान गर्दै आएको भन्दै खुसी व्यत्त गरे । उनले सँस्था अगाडि बढाउन शेयर सदस्यको भुमीका महत्वपुर्ण हुने बताए । अध्यक्ष चौधरीले वडामा रहेका न्युन आय स्तरका व्यत्तिलाई विधुत महसुलमा सहुलियत गर्नेपनी सँस्थाको कर्तव्य रहेको बताए । साधारणसभामा विद्युतको क्षमता बढाउन शेयर सदस्यले गरेको मागकाबारे बोल्दै उनले आफुले सक्दो प्रयास गर्ने बताए ।
२०६३ सालमा स्थापना भएको उत्त सहकारीमा हाल ६०० जना शेयर सदस्य रहेका छन् । सँस्थाले गत आर्थीक वर्ष २०७८÷७९ मा ४६ लाख ५१ हजार ७७८ रुपैँयाको कारोबार गरेको छ । सहकारीमा ट्रान्सर्फमरको कमीले विद्युत प्रवाहमा समस्या आउने गरेको उपभोत्ताले गुनासो गरेका छन् । पटकपटक सम्बन्धीत निकायसंग ट्रान्सर्फमरकोलागी माग गरेपनी उपलब्ध नभएको र फेरी पनी पहल गर्ने सँस्थाले जनाएको छ ।