अत्तरिया, २३ पुस : कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको जयलक्ष्मी ग्रामिण विद्युत सहकारीको संचालक समितिको अध्यक्ष्मा पुनःटेक बहादुर देउवा चयन भएका छन् ।
सँस्थाको शनि बार भएको १८ औँ साधारणसभाले पुनः देउवालाई सर्वसम्मत चयन गरेको हो । देउवा लगातार तेस्रो कार्यकालकालागी चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मी भाट,कोषध्यक्ष्मा कलुदेवि कठायत र सचिवमा टेक बहादुर मगर चयन भएका छन् ।
सदस्यमा प्रकाश पाठक,भरत अधिकारी,हरिलाल वादी,रुपसिहं मिजार र कलावती जोशी उपाध्याय चयन भएका छन् । शनिबार नै याम बहादुर रजवारको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिपनी चयन गरीएको छ । समितिका पदाधिकारीले निर्वाचित भएको प्रमाणपत्र पनी आजै ग्रहण गरेका छन् । यस अघि सँस्थाका अध्यक्ष टेकबहादुर देउवाको सभापतित्व तथा गोदावरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो । २०६३ सालमा स्थापना भएको उत्त सहकारीमा हाल ६०० जना शेयर सदस्य रहेका छन् । सँस्थाले गत आर्थीक वर्ष २०७८\७९ मा ४६ लाख ५१ हजार ७७८ रुपैँयाको कारोबार गरेको छ । सहकारीमा ट्रान्सर्फमरको कमीले विद्युत प्रवाहमा समस्या आउने गरेको उपभोत्ताले गुनासो गरेका छन् । पटकपटक सम्बन्धीत निकायसंग ट्रान्सर्फमरकोलागी माग गरेपनी उपलब्ध नभएको र फेरी पनी पहल गर्ने सँस्थाले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु