गोदावरी–८ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण

अत्तरिया, २३ पुस : गोदावरी नगरपालीका वडा नम्बर ८ का ज्येष्ठ नागरिकलाई सम्मान गरीएको छ । गोदावरी ज्येष्ठ नागरिक समाज समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरीएको छ । ज्येष्ठ नागरिक समाज समितिका अध्यक्ष प्रेमबहादुर बोगटीको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी सांसद खेमा देवी विष्ट प्रमुख अतिथी रहेकी थिईन् ।
कार्यक्रममा सांसद विष्टले ज्येष्ठ नागरिकका समस्या समाधानकालागी आफु संधै तयार रहेको बताईन् । हरेक ज्येष्ठ नागरिकले ईतिहास बोकेको भन्दै उहाँहरुलाई सबैले सम्मान गर्नुपर्ने उनले बताईन् । कार्यक्रममा ४८ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरीएको हो ।
समितिका गठनकालागी समेत निकै कठिनाइ झेल्नु परेको भन्दै समाजका अध्यक्ष प्रेम बहादुर बोगटीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गर्न पाँउदा खुसी लागेको बताए । ज्येष्ठ नागरिक समाज समितिले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको भएपनी कोरोनाका कारण गत वर्ष भने गर्न नसकिएको उनले बताए । समाजमा हाल १३३ जना आजिवन सदस्य रहेका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.