अत्तरिया : नेपाली कांग्रेस कैलालीका नेता एंवम जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम बहादुर कलेलको अन्तिम दाहसंस्कार गरिएको छ ।
उनको निवास गौरीगंगा ८ लिक्मामा नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले पार्टीको झण्डा र सुदूरपश्चिम प्रदेशका मुख्य मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाई गरेको हुन । यस अवसरमा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रदेश सभा सदस्यहरु,स्थानीय तहका प्रमुखहरु,नेपाली कांग्रेस लगायत राजनीति दलका नेता,कार्यकर्ताहरु लगायत सर्वसाधारणको व्यापक सहभागीता रहेको थियो । संयोजक कललेको शनिवार काठमाण्डौंमा उचारका क्रममा मृत्यु भएको थियो