धनगढी : धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पस तथा ऐश्वर्या विद्या निकेतन परिवारले मानवसेवा आश्रमलाई सहयोग गरेको छ ।
शनिवार ऐश्वर्या बहुमुखी क्याम्पस परिवाले धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको आश्रमलाई दस हजार नगद सहयोग गरेको हो ।
उक्त रकम ऐश्र्र्वा विद्या निकेतनका प्राचार्य प्रेमनिधि ओझा र क्याम्पस प्रमुख धर्मदेव भट्टले मानवसेवा आश्रमका सिद्धराज पनेरूलाई हस्तान्तरण गरेका थिए ।