जिसस प्रमुख कलेलको निधनको शोकमा कैलाली कांग्रेसले पार्टीको झण्डा आधा झुकायो

अत्तरिया : जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधनको शोकमा नेपाली कांग्रेस कैलालीले आइतबार एक दिन पार्टीको झण्डा आधा झुकाएको छ । नेपाली कांग्रेस कैलालीका नेतासमेत रहेका कललेको निधनमा धनगढीस्थित पार्टी कार्यालयमा रहेको झण्डा आधा झुकाएको हो ।

पार्टी कार्यालयमा माल्यार्पणका लागि कलेलको फोटोसमेत राखिएको छ । कैलालीको गौरीगंगा नगरपालिका– ८ लिक्मा निवासी कलेलको शनिबार उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । उनको आज अन्तिम दाहसंस्कार गरिएको छ । अन्तिम दाहसंस्कारमा सुदूरपश्चिमका मुख्य त्रिलोचन भट्ट, काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.