नदीजन्य पदार्थको राजश्व संकलनमा एक रुपैयाँ पनि अनियमितता भएको छैन : नगरप्रमुख भट्ट

अत्तरिया, २४ पुस : गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले नदीजन्य पदार्थको राजश्व संकलनमा एक रुपैयाँ पनि अनियमितता भएको भए आफु पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
‘नदीजन्य पदार्थको राजश्व संकलनमा भ्रष्टचार भएको कसैले प्रमाणित गर्छ भने पदबाट राजीनमा दिन तयार छु । यस्ता अनरगल कुराको प्रचार नगरिदिन अनुरोध गर्दछु ।’ आईतबार अत्तरियामा पत्रकार सम्मेलनमा उनले भने । ‘भ्रष्टाचार भएको छ भने त्यसको जिम्मेवारी म लिन्छु ।’
उनले सामाजिक सञ्जालमा कार्यकर्ता पालनपोषण करोडौंको भ्रष्टाचार भएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ‘हाम्रो चाहना नगरपालिकाले आफै राजस्व संकलन गर्ने होइन’ उनले भने । ‘नगरपालिका ले पहिलो पटक सूचना प्रकाशित गरी ७ करोडमा ठेक्का खोलेको थियो त्यो परेन, त्यसपछि साढे ५ करोडमा झार्दा पनि परेन अन्त्यमा ४ करोड मा नी पुगायौं त्यो पनि परेन’, उनले भने ‘त्यसपछि नगरपालिका ले बाध्यत्मक परिस्थितिमा नगरपालिका ले संकलन गर्नुपरेको हो ।’
संकलन गर्दा केहि व्यवहारिक कुराहरु पनि अपनाउनुपर्ने उनको भनाई रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.