धनगढी, २५ पुस : कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित निङ्गलासैनी गुरुकुलसंस्कृत विद्यापीठलाई खाद्यान्न सहयोग गरेको छ । धनगढीस्थित हिमशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले १५ औं बार्षिकोत्सवको अवसरमा सो खाद्यान्न वितरण गरिएको सहकारीका सचिव विमल जोशीले जानकारी दिए ।
हिमशिखर सहकारीले चामल, तरकारी, दाल, तेल, चिउरा लगायतका खाद्यान्न निङ्गलासैनी गुरुकुलसंस्कृत विद्यापीठका प्रधानाध्यापक खेगेन्द्र अवस्थीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको सचिव जोशीले बताए ।
सो खाद्यान्न हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारी, सचिव विमल जोशी र व्यवस्थापक महेन्द्र शाहीको सहभागिता रहेको थियो । हिमशिखर सहकारीले हरेक वर्ष बार्षिकोत्सवको अवसरमा रक्तदान, खाद्यान्न वितरण जस्ता मानवीय सहायताका कार्यक्रम गर्दै आएको छ ।