पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौँ : सरकारले नेपाल एकीकरणका प्रणेता समेत रहेका पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। एकजना मन्त्रीका अनुसार सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सात दलीय गठबन्धन सरकारमा जानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो। राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा मनाउनुपर्ने शर्त राखेको थियो। प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन नेकपा एमाले र माओवादी केन्द्र तयार हुनुपर्ने अडान राप्रपाले लिएको थियो।

नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले १६ वर्षअघि गरेको निर्णय उल्ट्याएर पृथ्वीनारायणको जन्मजयन्तीको दिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने अडान आफूहरुले राखेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.