Agni Offset Press

विश्वज्योती सहकारी वार्षिक साधारणसभा सम्पन्न

असाय नागरिकलाई कम्बल सहयोग

Aarati simant

अत्तरिया, २६ पुस : कैलालीको गोदावरी नगरपालिका– ५ गेटामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार संस्थाले आफ्नै प्राङ्गणमा साधारणसभा सम्पन्न गरेको हो ।
संस्था की अध्यक्ष तथा प्रदेश सभा सदस्य तुलसी देवकोटाको सभापततित्वमा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशी रहेका थिए ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था कि अध्यक्ष तुलसी देवकोटा ले २०५८ साल देखि टोल टोलमा साना साना समुहहरु र महिला विकास धनगढीको सहयोगबाट गठन गरिएको थियो । पहिलो पटक जम्मा ८० जना सदस्यहरु मिलेर साना साना समूहलाई संगठित गर्दै सहकारीमा हाल आएर १ हजार १ सय १७ जना शेयर सदस्य रहेका छन् । यसैगरी बार्षिक प्रतिबेदन प्रस्तुतमा अध्यक्ष देवकोटाले संस्थाले आर्थिक बर्ष २०७८\०७९ मा थुप्रै कामहरु भएको बताइन् ।
उनले आ.व २०७८\०७९ मा संस्थागत क्रियकलापहरुमा संस्थाले मृत्यु राहत वितरण, सुत्केरी पोषण खर्च, क्यान्सर, पाठेघर सम्वन्धि दीर्घकालीन रोगीहरूलाई नगद सहयोग, सहकारी शिक्षा तथा पोशाक वितरण, भवन निर्माण, ज्येष्ठ सदस्य सम्मान, शेयर सदस्यहरुलाई शेयर लाभांश वितरण जस्ता कार्यक्रमहरु सम्पन्न गरेको बताइन् । यसैगरी संस्था ले आर्थिक प्रगती (आय–ब्यय) प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८\०७९ मसान्त सम्म आइपुग्दा ८ करोड ४८ लाख १६ हजार ८सय ६५रुपैयाँ को आर्थिक कारोबार गरेको छ । सहकारी ले उक्त कारोबार बाट सम्पुर्ण खर्च कटाई १ लाख ९७ हजार ६ सय ४० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।
सुरुमा ३५ हजार शेयर पूंजी बाट संचालन मा ल्याइएको संस्थामा हाल २०७९ मसान्त सम्ममा १ करोड ३९ लाख ६३ हजार बराबरको शेयर पुँजी रहेको प्रतिबेदन मा उल्लेख छ । आ व २०७८\०७९ मा संस्था ले बचत तर्फ ५ करोड ६० लाख रकम बराबरको निक्षेप संकलन गरेको छ भने कर्जा तर्फ ७ करोड ४४ लाख१९ हजार रुपैयाँ बराबरको ऋण लगानी गरेको छ ।


साधारण सभाको अवसरमा संस्थाद्वारा सहयोग
विश्वज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गोदावरी नगरपालिका ५ गेटा क्षेत्रमै बसोवास गर्दै आईरहेकी दुवै आँखा नदेख्ने ४० वर्षीय निर्मला चौधरी र उनको ६ वर्षको छोरी दिव्या चौधरी लाई ब्लाङ्केट, स्कूल ब्याग लगायत सामग्रीहरु सहयोग गरेको छ ।
चिसो मौसम लाइ मध्यनजर गर्दै तातो कपडा सहयोग गरेको हो । साधारण सभाका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशी ले उक्त सामग्री चौधरी लाई हस्तान्तरण गरेका हुन् । संस्थाकी अध्यक्ष तुलसी देवकोटा ले साधारण सभा कार्य क्रममा सामाजिक उत्तदायित्व अन्तर्गत पर्ने भएको हुँदा संस्था को नजिकै रहेको मुक्त कमैया शिविरमा रहेको एकदमै गरीब विपन्न साथै बस्ने खाने अवस्था केही पनि नहरेको र दुवै आँखा गुमाएका नदेख्ने निर्मला चौधरी त्यस शिविर मा बसोबास गर्दै आइरहेको छ ।


दुवै आँखा नदेख्ने चौधरी लाई धेरै गर्न नसकेनी यस साल तातो लुगा,ब्लाङ्केट, व्याग र छोरी लाई विद्यालय मा निःशुल्क तथा अध्ययन गर्दा आवश्यक पर्ने स्टेशनरी, ड्रेसहरू लगायत अन्य सामग्रीहरु अहिले मात्र रभएर निरन्तर उनको छोरी दिव्या चौधरीले अगाडि पढ्न चाहेमा पनि सदैब संस्थाले सहयोग गर्ने अध्यक्ष देवकोटाले बताइन् ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.