Agni Offset Press

सुदूरपश्चिम प्रदेश सरकार : पाँच बर्षमा ४ सय किलोमिटर कालोपत्रे

Aarati simant

अत्तरिया, २६ पुस : सुदूरपश्चिम प्रदेश सरकारले पाँच बर्षमा चार सय किलोमिटर सडक निर्माण गर्न सफल भएको दावी गरेको छ । मंगलबार सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्कार्यालयले सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा यस्तो दावी गरिएको हो । ‘प्रदेश सरकार हुनुभन्दा पहिले एक हजार किलोमिटर पनि कालोपत्रे हुन सकेको थिईन’, मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यक्रममा भने । ‘प्रदेश सरकारले पाँच बर्षम ४ किलोमिटर कालोपत्रे, ७ सय ६९ किलोमिटर ग्राभेल, एक हजार २३ किलोमसटर कच्ची सडक निर्माण गर्न सफल भएको छौँ ।’ प्रदेश सरकार आएपछि ५२ वटा मोटरवेल पुल निर्माण भएको उनले जानकारी दिए । सबै भन्दाबढी लगानी सडक पूर्वाधारमा गरेको प्रदेश सरकारले विगतदेखि बहुवर्षीय ठेक्का लगाएका सडकहरु निर्माण सम्पन्न हुने क्रममा रहेको कार्यक्रममा मुख्यमन्त्री भट्टले जानकारी गराए ।
चालु आर्थिक वर्षको अन्त्यसम्म करिब दुई सय किलो मिटर कालोपत्रे सडक निर्माण सम्पन्न हुने चरणमा रहेको उनले बताए । उनले बहुवर्षीय ठेक्का र क्रमागत योजनाहरु गरी एक हजार किलोमिटर भन्दाबढी सडक कालोपत्रेका लागि ठेक्कामा रहेको बताए ।
उनले एक वर्षमै सम्पन्न हुने गरी पाँच सय भन्दाबढी योजनाहरु सडक ग्राभेल गर्ने, ट्रयाक खोल्ने र सडक अपग्रेड गर्ने योजनाहरु सञ्चालनमा रहेको बताए । प्रदेशमा सिँचाईको क्षेत्रमा समेत उल्लेखीय प्रगति भएको मुख्यमन्त्री भट्टको भनाई रहेकोछ । प्रदेशमा एक सय ३० किलोमिटर सिँचाई कुलो निर्माण गरेको उनले बताए । पाँच बर्षमा दुई लाख भन्दा बढी नागरिकहरुलाई स्वच्छ खानेपानी पुगाउन सकेको उनले बताए । ‘पाँच बर्षमा विकास निर्माणका कार्यका साथै लोकसेवा आयोग, शिक्षामा धेरै काम गरेका छौँ’, उनले भने । ‘आउने सरकारकाल लागि धेरै सहज हुनेछ’ प्रदेश सरकारल शिक्षाको क्षेत्रमा पाँच बर्षमा एक सय ३३ वटा विद्यालय भवन निर्माण गरिएको छ ।
स्वास्थ्यको क्षेत्रमा पनि प्रदेश सरकारले उल्लेखीए काम गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ‘धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सुरुमा एक्सरे मेसिन समेत थिएन’,उनले भने । ‘अहिले प्रदेश सरकार गठनभएपछि सिटिस्क्यान देखि भवन निर्माण सम्मका काम भएका छन् । अन्य थुप्रै जिल्लामा स्वास्थ्यका क्षेत्रमा धेरै राम्रो काम भएका छन् ।’ पाँच बर्षमा प्रदेश सरकारले कृषिमा समेत धेरै काम गरेको उनले बताए । एकीकृत कृषि कार्यक्रम अन्र्तगत प्रदेशमा ५ सय नागरिकहरुले रोजगार पाएको उनले बताए । कृषिमा वीउ उत्पादनमा समेत देशमा दोस्रो प्रदेश भएको उनले उल्लेख गरे । प्रदेश सरकारले प्रदेश सरकारले पाँच बर्षमा राजधानी घोषणा देखि प्रदेशको नामकरण गरेको उहाँले प्रष्ट पार्नुभयो । ‘प्रदेशको राजधानी घोषणा र नामाकरण भयो’, उनले भने । ‘प्रदेश राजधानी निर्माणका लागि पूर्वाधार भने संघीय सरकारले भूमि प्राप्तिमा सहयोग नगर्दा अगाडि बढन् सकेन् ।’ सुरुमा प्रदेश सरकार गठन हुँदा कुनै पनि पूर्वाधार र नीति विना काम गरेको अनुभव सुनाउँदै उनले आउने सरकारलाई अव धेरै सहज हुने बताए । ‘नेपालको लागि संघीयता नयाँ थियो । सुरुमा हामी आउँदा पूर्वाधार, कानुन, कर्मचारी लगायत केहि पनि थिईन्’, उनले भने । ‘त्यसका वावजुद पनि .संघीयताको आधारशिला स्थापना गर्नमा सफल भएका छौँ ।’ पाँच बर्षमा राजनीतिक अस्थिरताका वावजुद पनि देशका विभिन्न प्रदेशमा मुख्यमन्त्री फरिदा पनि सुदूरपश्चिममा स्थरसरकार बनाएर इतिहास बनाएको उनको भनाई रहेको छ । पाँच बर्षमा कुनै पनि प्रकारको विवाद रहित भएर काम गर्न सफल भएको उनको भनाई रहेको छ । ‘सुरुमा जस्तो आएको थिए । आज त्यस्तै भएर प्रदेश सरकारबाट विदाई हुँदैछु’, उनले भने । ‘प्रदेश सरकारलाई सफल बनाउनुमा भूमिका खेल्ने कर्मचारी, सुरक्षा निकाया, राजनीतिक दल र सञ्चारकर्मीहरुलाई धन्यवाद छ ।’ अहिलेका सरकारले गरेका अधिकांस कामहरु आगामि सरकारलाई सिकाई हुने उनको भनाईरहेको छ ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.